हाम्रो जीवनमा यौनले निकै महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । यौनका विषयमा कुरा गर्न हाम्रो समाजमा केही हिचकिचाउने भए पनि यौन नै त्यो कडी हो जसले पति पत्नी वा प्रेमीहरुको बीचमा प्रेम अझै गहिरो बनाउँछ । यौनले दुई जनाबीच आत्मीयता बढाउँछ । समयसमयमा यौनका विषयमा विभिन्न अनुसन्धानअरु पनि भएका छन् । यहाँ यस्तै अनुसन्धानबाट पत्ता लागेका यौनसँग सम्बन्धित ५ कुराहरुको चर्चा गरिएको छ ।
१. हप्तामा २ वा ३ पटक यौन सम्पर्क गर्ने व्यक्तिहरुको रोग प्रतिरोधी क्षमता बढ्छ ।
२. निद्रा नलाग्ने समस्या भएकाहरुको लागि यौन सबैभन्दा उत्तम समाधान हो । यौन सम्पर्कपछि निकै मिठो निद्रा लाग्ने गरेको पाइएको छ ।
३. अनुसन्धानका अनुसार महिलाहरु महिनावारीको ठिक अगाडि वा महिनावारीका बेला सबैभन्दा बढी चरमसुखको महसुस गर्छन् ।
४. अनुसन्धानका अनुसार यौन सम्बन्धले टाउको दुखाइ र जोर्नीको दुखाइ कम गर्छ । चरमसुखको लगत्तै शरीरमा अक्सिटोसिन हर्मोनको मात्रा ५ गुणा बढ्छ । यसले एन्डारफिन हर्मोनको स्राव हुन्छ । यसले पीडा कम गर्छ ।
५. लामो समयदेखि हाम्रो समाजमा गर्भावस्थामा यौन इच्छा मर्ने मान्यता राखिँदै आएको छ तर यो गलत हो । गर्भावस्थाका बेला धेरैजसो महिलाको यौन इच्छा या त बढ्छ या पहिलेजस्तै रहन्छ ।
Comments
Post a Comment